मृत अवस्थामा भेटिए कलाकार राजु महोत्रा

admin

काठमाडौं, ७ असोज : बुटवलमा कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुटवल- ११ देवीनगरस्थित आफ्नै निवासमा उनी मृत भेटिएका प्रहरीले बताएको छ ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनले दर्जनौं म्युजिक भिडिओ निर्माण र अभिनय गरेका छन् ।

प्रतिक्रिया