दशैंमा धरहरा चढ्न नपाइने

admin

काठमाडौं, ८ असोज : सर्वसाधारणले यस पटकको दशैंमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैंमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिनुभयो ।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गर्नुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया