आज रातिदेखि भोलि साँझसम्म ठूलो पानी पर्ने

admin

काठमाडौँ, ८ असोज : आज रातिलेखि भोलि साँझसम्म मुलुकका विभिन्न जिल्लामा निकै ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज रातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय हुन लागेको र भोलि दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने तथा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

महाशाखाका मौसमविद् हिरा भट्राईले ठूलो पानी पर्ने भएकाले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने बताउनुभयो । उहाँका अनुसार ठूलो पानी पार्ने प्रणाली भोलि बेलुकी नै कमजोर हुने देखिन्छ तर मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने छ ।

मौसम पूर्वानुमानसम्बन्धी सूचनाः

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७९/०६/०८ गते बिहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित स्थानमा हल्का वर्षा भइरहेको छ।

२०७९ असोज ८ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ९ गते (आईतबार)
दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू- भागमा सामान्य बदलीका साथै बाँकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज १० गते (सोमबार)
दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू- भागमा सामान्य बदलीका साथै बाँकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

 

 

प्रतिक्रिया