वीरगंजमा चट्यांग लागेर एकको मृत्यु, चार घाइते

admin

वीरगंज, असोज १० : वीरगंजमा चट्यांग लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

आज बिहान करिब ७ बजे चट्यांग लागेर वीरगंज वडा नम्बर २ छपकैयाका १६ वर्षिय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

छपकैया पोखरी नजिकै खेलीरहेको अवस्थामा ढुंगानालाई चट्यांग लागेको थियो । चट्यांग लागेर स्थानिय ४ जना किशोर घाइते भएको र उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया