अधिवक्ता भुपेन्द्र सांसद पदका लागि समानुपातिकमा सिफारिस

admin

काठमाडौँ , ११ असोज : अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेल समानुपातिक सांसद पदको उमेदवारका लागि सिफारिस भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले उनलाई सिफारिस गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पोखरेल बागमती प्रदेश, प्रदेशसभा सदस्यमा समानुपातिकका लागि सिफारिस भएका हुन् । उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफारिस गरेका हुन् ।

अधिवक्ता पोखरेल राप्रपा नेपालको मानव अधिकार तथा कानून विभागको सचिव समेत हुन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका पोखरेल लामो समयदेखि कानुन व्यवसायीका रूपमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया