भक्तपुर २ बाट साजन विश्वकर्माको स्वतन्त्र उम्मेदवारी

admin

काठमाडौँ, १२ असोज :  सामाजिक अभियान्ता साजन बिश्वकर्माले आगामी मंसिर ४ गते हुने चुनावका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ बाट बिश्वकर्माले स्वतन्त्रबाट संघिय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । आउदो मंसिर ४ गते संघ र प्रदेशको एकैपटक निर्वाचन हुदैछ ।

परिवर्तनका लागि हाम्रो आवाजका संयोजक समेत रहेका साजन विश्वकर्मा भक्तपुरका स्थायी बासिन्दा पनि हुन ।

स्थानीय चुनाव २०७९ देखी देशमा स्वतन्त्र उम्मेरदवारी दिनेको लर्काे लागेको छ । विषेश गरि सामाजिक कार्यमा सक्रिय रहेका यूवाहरुले स्वतन्त्रबाट उम्मेरदवारी दिदै आएका छन् ।

स्वतन्त्र उम्मेरदवारी घोषणा गरेका साजन विश्वकर्मा समसामयिक विषयमा आफ्नो धाराणा राख्न पनि अग्रसर देखिन्छन् ।

दलका नेताहरु सत्तामा पुग्दा जनताको लागि सिन्को नभाच्ने गरेको उनको भनाई छ । सामाजिक कार्यमा संलग्न भएर आफू जनतासंग नजिक भएकाले पनि चुनाव जित्ने उनको दाबी ।

प्रतिक्रिया