दुई कैदीबन्दी फरार

admin

मोरङ, १५ असोज : क्षयरोगको उपचारमा रहेका दुई कैदीबन्दी आज फरार भएका छन् । नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा–७ मा उपचारका क्रममा रहेका झापाको सरणामतीका २८ वर्षीय राजकुमार हेमरम र सोही जिल्ला बिर्तामोडका २८ वर्षीय मन्जिल गुरुङ फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उपचार गरिरहेकै बेला दुवै जना फरार भएका हुन् । हेमरम जबर्जस्ती करणी मुद्दाअन्तर्गत १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका कैदीबन्दी हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदीबन्दीलाई सीमानाकासहित अन्य स्थानमा खोज गरिरहेको श्रेष्ठले बताउनुभयो । कैदीको सुरक्षामा खटिएका दुई प्रहरीमाथि आवश्यक सोधपुछ एवं छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया