उपेन्द्र यादव र सिके राउत भिड्दै

admin

सप्तरी, असोज २४ : आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)बीच प्रतिस्पर्धा हुने भएको छ ।

सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपेन्द्र र सिके राउतले उम्मेदवारी दर्ता गराएका छन् । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्तिम अवस्थामा सत्ता गठबन्धन ताडेर एमालेसँग तालमेल गर्न पुगेका उपेन्द्रले आफ्नो जित सुनिश्चित गर्न खोजेका छन् । तर, उपेन्द्रलाई सहज छैन । पछिल्लो समय मधेसमा उपेन्द्रभन्दा सीके निक्कै पपुलर छन् । त्यसैले उपेन्द्रलाई निर्वाचन जित्न सहज छैन ।

यादव संविधानसभा ०७४ को चुनावमा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ । राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया