डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे

admin

काठमाडौँ, २४ असोज : नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो। यस्तै यो बर्ष मात्रै डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ।

यो संख्या हालसम्मकै धेरै हो। गत साउनबाट बढ्न थालेको डेंगु तीन महिनामा तीव्ररूपमा बढेको थियो। यसवर्ष सुरुमा ललितपुरबाट फैलिएको संक्रमण हालसम्म देशका ७६ जिल्लामा पुगिसकेको छ।

चिकित्सकहरूका अनुसार हाल डेंगु संक्रमणको कडा लक्षण लिएर अस्पताल पुग्ने बिरामीहरुको संख्या धेरै रहेको छ।

प्रतिक्रिया