जसपाकाे प्रदेश कार्यालयमा शिल्पीले गरे तालाबन्दी

admin

काठमाडौं, २६ असोज : जनता सममजवादी पार्टी नेपालकाे १ नं प्रदेश कार्यालय,ईटहरी हलगडामा शिल्पी विशेष प्रदेश समिति प्रदेश १ ले तालाबन्दी गरेकाे छ ।

आगामी मंसिर ४ गते हुन गईरहेकाे संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीले समानुपातिक तर्फकाे बन्दसूची पेश गर्दा दलित बनाईएका शिल्पी समूदायलाई उपेक्षा गरेकाे , पार्टीमा लामाे समयदेखि त्याग,तपस्या र याेगदान गरेका ब्यक्तिहरुकाे घाेर अपमान गरेका कारण तालाबन्दी गर्न बाध्य भएकाे साे समितिका सचिव शशी विश्वकर्माले बताएका छन् ।

शिल्पी /दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा र सचिव शशीकुमार विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ कि पार्टीका नेताका श्रीमती,साला,साली,भान्जा,भान्जी भतिज लगायत आफ्ना आफन्त अनि नेताका वरिपरि रहने, नेतालाई रिझाउने, आर्थिक सहयाेग गर्ने ब्यक्ति र त्यीनका आफन्त,नातागोतालाई बन्दसूचीमा समावेश गरि ईमान्दार,निष्ठावान र याेग्य ब्यक्तिहरुलाई पाखा लगाएर घाेर अपमान गरेकाेप्रति खेद ब्यक्त गर्दछाैँ ।

शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे बैठकले निर्णय गरि पठाएका नामावलीहरु हटाएर पार्टीमा काहीँ कतै नामै नसुनिएका,नजाेडिएका,काम नगरेकाहरुलाई बन्दसूचीमा समावेश गरिनुले समानुपातिक पद्दतिकै उपहास भएकाे समेत हाम्राे ठहर रहेकाे छ । पार्टीकाे यस किसिमकाे कदमलाई पार्टीभित्रका शिल्पी/दलितहरुकाे आत्मासम्मान माथिकाे प्रहारका रुपमा विश्लेषण गरिएकाे छ ।

प्रदेश १ मा ३७ सिट समानुपातिक तर्फ हुँदाहुँदै र सिफारिश गरिएका याेग्य ब्यक्तिहरु हुँदाहुँदै पनि ३३ सिटका लागि मात्र बन्दसूची पेश गर्नु पार्टीकाे अर्काे अपराध भएकाे षुष्टि गदर्छाैँ । तसर्थ पार्टीकाे यस प्रकारकाे कार्यप्रति घाेर आपत्ति जनाउँदै तालाबन्दी गरिएकाे ब्यहाेरा अवगत गराउँदछाैँ साथै पार्टीले याे कदम नसच्याए,माफी नमागे र लिखित रुपमा सहमति नगरेसम्म तालाबन्दी नखाेल्ने र पार्टीकाे निर्वाचन गतिविधिलाई प्रभावित पार्नेगरि अरु थप संघर्षका कार्यक्रमहरु अगाढी बढाउने चेतावनी समेत दिईएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया