अबको तीन दिन कस्तो रहला मौसम ?

admin

काठमाडौं, असोज २८ : तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो।

अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन ।

आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहेको उहाँले बताउनुभयो । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएको १६ गतेसम्मको अवधि भनिए पनि यसपालि मनसुनको अवधि लम्बिएको छ । केही दिनयता मनसुन कमजोर बन्दै गएको छ । तर, बाहिरिन भने बाँकी छ।

प्रतिक्रिया