मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

admin

दाङ, असोज २८ : दाङमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ ।

शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया