काठमाडौं, कात्तिक २ : एकमात्र निर्वाचन क्षेत्र भएको संखुवासभा जिल्लामा माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका तेन्जिङ भोटिया जीतको निकै नजिक पुगेको स्थानीय मतदाताहरुले बताएका छन ।
विद्यालय संचालक, समाजसेवी एवम पत्रकार समेत रहेका तेन्जिङ भोटिया यस पटकको निर्वाचनमा युवाहरु विशेष आकर्षण बनेको । मात्र ३० वर्ष पार गरेका तेन्जिङ आफू पनि विद्यावारिधि (PHD) का विद्यार्थी एवम भर्खरको युवा भएको हुनाले होला भोटियाले विद्यार्थी र युवाहरुमा नै बढी केन्द्रित भएर आफ्नो प्रचार/प्रसारका कार्यक्रमहरु अगाडी बढाइरहेका छन ।
गीत गाउन, लेख्न र बोल्नमा खप्पिस तेन्जिङ यस पटकको निर्वाचनमा जीत सुनिश्चित गर्न भनी जिल्लामा घर दैलो कार्यक्रममा व्यस्त छन भने तेन्जिङको समर्थनमा राष्ट्रिय कलाकारहरु समेत कम्मर कसेर लागेका छन ।
एक एक पटक जनताले अनुमोदन गरेर प्रतिनिधि बनिसकेका गठबन्धनका उम्मेदवार दिपक खड्का र एमालेका राजेन्द्र गौतम दुवैको खरो प्रतिद्वन्दी बनेका तेन्जिङले यस पटकको निर्वाचनमा जीत हात पारे जिल्लाकै पहिलो कान्छो र पहिलो अल्पसंख्यक समुदायबाट प्रतिनिधि सभा सदस्य बन्नेछन ।