काठमाडौं, कात्तिक २ : झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका वीरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
वीरेनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानी केही बेरमा आफैँलाई प्रहार गरेका थिए। घाइते उनको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
मृतक वीरेन पूर्व सशस्त्र प्रहरी रहेको खुलेको प्रजिअ रिजालले जानकारी दिए। घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, एक थान गोलीको खोका र १५ राउण्डगोली फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।