संविधानको रक्षाका लागि गठबन्धनलाई मत : नेता निधि

admin

जनकपुरधाम, २ कात्तिक : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

धनुषाको नगराइनमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता निधिले संविधानमाथि अझै आक्रमणको खतरा रहेकाले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन भएकाले गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

आचारसंहिता अनुसार आगामी निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले कात्तिक १७ गतेपछि मात्रै यस्ता चुनावी कार्यक्रम गर्न पाउने भएका छन् ।

भेलामा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ३ (१) का उम्मेदवार रामसरोज यादवले गठबन्धनलाई जिताउने गरी जुट्न नेता कार्यकर्तासँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया