आज नेपाल र बंगलादेश भिड्दै

admin

काठमाडौं, १९ कात्तिक : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन। बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ। बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहदै पुछारमा छ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया