चन्द्रागिरि ईनोभेटिभ ग्रुपले दहचोक म्यारथन दौड प्रतियोगिता गर्दै

admin

काठमाडौँ, २३ कात्तिक :  ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘ समूहले आउदो शनिबार दहचोक म्यारथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। यहि कार्तिक २६ गते हुने प्रतियोगिता काठमाडौंको चन्द्रगिरी नगरपालिका १ दहचोकको इन्द्रस्थानमा हुने प्रतियोगिताको नारा परिवर्तनका लागि दौड भन्ने रहेको छ।

नगरपालिकाको पर्यटन क्षेत्रको विकास र संरक्षणमा युवा वर्गको भूमिका लाई मध्यनजर गर्दै प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मनोरञ्जनासँगै नगरपालिकाको पर्यटन क्षेत्रको प्रव्द्धनबारे पनि जानकारी गराइनेछ ।

महिला र पुरुष दुवै सहभागी हुन पाउने प्रतियोगितामा ५.५ किलोमिटर लम्बाई रहेको म्यारथन हुनेछ भने प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

दौड प्रतियोगितमा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई रु १५हजार, दोस्रो हुनेलाई रु १० हजा र तेस्रो हुनेलाई रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

यस प्रतियोगितामा जो कोहिले पनि भाग लिन सकिने हुँदा अनलाइन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने बताईएको छ।

प्रतियोगितमा भाग लिनका लागि रु २५० रुपियाँ लाग्नेछ। ९८२३५८४९६८ नम्बरको ईसेवा खातामा भुक्तानी गरि https://docs.google.com/forms/d/1W5omiMyOYnZcDHXWi3LSRLdgVjQqsGL2FXbh6BC0ZRI/edit लिंकमा दर्ता गर्न सकिने छ। अनलाइनमार्फत दर्ता गर्न असहज लागेमा यो नम्बर ९८२३५८४९६८/९८६१३८८१७६ मार्फत आफ्नो विवरण टिपाएर दर्ता गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया