जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

admin

काठमाडौँ, २४ कात्तिक : नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले बिहीबार औपचारिक रुपमै वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन्।

सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए। बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन तर वैचारिक मतभिन्नता भएपछि सँगै बस्न सकिएन।’ जेरी र शंकरबीच ०७६ साल माघ १ गते विवाह भएको थियो।

प्रतिक्रिया