गठबन्धन विदेशीलाई सजिलो हुनेगरी सरकार बनाउने सोचमा छ : राजेन्द्र लिङ्देन

admin

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताउनुभएको छ ।

बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा बैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउछु भन्दै हिडेको बताउनुभएको हो ।

अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरु को हुने भन्ने पनि बिदेशीले तय गर्न थालेको उहाको भनाई छ । उहाले मुलुकमा देखिएको बेथिति, बिकृति र बिसंगतिको बिकल्प बनेर राप्रपा आएको दावी गर्नुभयो । लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा रहेको बताउनुभयो ।

त्यस्तै उहाले सुकुम्बासी समस्या समाधानका मुद्धालाई चुनावमा भोट् बटुल्ने औजार बनाउन नहुने जिकिर गर्नुभयो ।

चूनावी दौहाडामा निस्कनुभएका लिङ्देनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुर लगाएतका स्थानमा आयोजित चूनावी सभामा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया