भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

admin

भारतीय टिभि सिरियलमा अभिनय गर्दै आइरहेका सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। मुम्बईस्थित एक जिममा वर्कआउट गरिरहँदा उनी लडेका थिए। त्यहीँ नै उनको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

४६ वर्षीय सिद्धान्तले कुसुम, वारिस, सूर्यपुत्र कर्ण लगायतका सिरियलहरुमा अभिनय गरेका थिए।

प्रहरीले यो घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया