गोरखामा उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते

admin

काठमाडौँ, २८ कात्तिक : गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।

आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएकाे हाे ।

`हामी प्रचारको काम सकेर खाना खाँदै थियौँ । त्यहीँ रहेका केटाहरूले एक्कासि बियरको बोतलले हान्न थाले,´ एक प्रत्यक्षदर्शीले भने,`दोहोरो झडप भने भएन ।´

घटनामा एक जना गम्भीर घाइते भएका छन् । एमाले प्रदेश सचिवालय सदस्त हरि काफ्लेको टाउकोमा चोट लागेको छ । टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौं पठाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेकाे आराेपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । तीन जना घटनापछि भागेको ती प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया