भक्तपुरमा ट्याङ्करसँग मोटरसाइकल ठाेक्किँदा एक युवककाे ज्यान गयाे

admin

भक्तपुर, कात्तिक २९ : भक्तपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।


गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

वाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल र बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर ठोक्किएर दुर्घटना भएको थियो ।

ज्यान गुमाउने साजन मोटरसाइकलका चालक हुन् । मोटरसाइकलमा रहेका झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्ने २३ वर्षका अनिल साह घाइते भएका छन् ।

उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्करका चालक भक्तपुरको ब्यासीका २८ वर्षका प्रविण सुवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया