भक्तपुर, कात्तिक २९ : भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा घण्टीको क्रेज बढेसंगै प्रत्यक्ष तर्फका प्रतिनिधि सभा उम्मेदवार साजन विश्वकर्माको फेसबुक ह्याक गरेर एउटा भिडियो समेत हटाइएको छ ।
उम्मेदवार साजन विश्वकर्माका साथी श्याम रजकले नेवारी भाषामा भोट मागेको भिडियो अनाधिकृत लगिन गरि हटाइएको पाइएको छ ।
लौरो किने जस्तै घण्टीलाई किन्ने महत्त्वाकांक्षा पूरा नभएपछि साइबर सेना लगाएर फेसबुक नै ह्याक गरेको आरोप उम्मेदवार साजन विश्वकर्माले लगाएका छन् ।
यसपटक भक्तपुरमा घण्टीले चमत्कार गर्ने कुरा उनी विश्वस्त रहेको बताउँछन् । जनताभन्दा ठुलो शक्ति कोहि नरहेको र जनता परिवर्तनको पक्षमा रहेको उनले बताए ।