नेपालले पाकिस्तानलाई हरायाे

admin

काठमाडौं, ३० कात्तिक : खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० को पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे ।

११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए ।

त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफ फितलो बनेपनि नेपालले गोल गर्न सफल भयो । ८३औं मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गरेका हुन् । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया