काठमाडौं, मंसिर १ : देशभर निर्वाचनको माहोल तातिरहेको बेला काठमाण्डौ क्षेत्र नम्बर ५ यतिबेला सबैको चासो र आकर्षणको केन्द्र बन्न पुगेको छ ।
स्यंम एमालेका नेताहरु समेत काँग्रेसका प्रदीप पौडेललाई चुनावी अभियानमा सघाउन हिँडेको र माओवादी नेताहरु नै काँग्रेसमा प्रवेश गरेको माहोल देख्दा यस क्षेत्र निक्कै तरंगित मात्र भएको छैन जनताका आशाका चाङहरु समेत चुलिन थालेको छ ।
प्रदीपका लागि के युवा के जेष्ठ नागरिक सबैले आशिर्वाद दिँदै एकै स्वरमा भनेका छन् – हाम्रो बिश्वास छ , तिमीले जित्नुपर्छ ।
आफ्ना बलिया प्रतिष्पर्धीहरु लाई पछार्दै काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित भएर संसदमा प्रवेश गर्न चाहान्छन् कांग्रेसका स्वच्छ छबि बनाएका प्रभावशाली युवा नेता प्रदीप पौडेल । पौडेल अहिले क्षेत्र नम्बर ५ का गल्ली गल्लीमा आत्मबिश्वासका साथ जनतामाझ गएर मत माग्न तल्लिन रहेका छन् ।
उनलाई युवा देखी बृद्ध समेतको जमातले साथ दिईरहेको छ । उनी जहाँ जान्छन् त्यहाँ राम्रो प्रतिक्रिया मात्र पाउँदैनन् जितको आशीर्वाद समेत प्राप्त गर्ने गरेका छन् ।
उनी संग सेल्फी खिच्नेहरुको समेत भिड लाग्ने गरेको छ । धापासी क्षेत्रमा भेटिएका एक बृद्धले उनलाई अंगालो हालेर जितको शुभकामना दिए । चुनावी अभियानका क्रममा भेटिएका उनले भने– बाबु लाई टिभीमा हेरेको थिए । राम्रो बोल्नु हुन्छ ।
मलाई तपाईको बिचार एकदमै मन परेको छ । जितेर यो ठाउँ बनाउने जिम्मेवारी बाबुको काँधमा छ । मेरो आर्शिवाद छ । यो दृश्य र भनाईले सबैको मन जितेको थियो ।
उनको सरल र मिठासपुर्ण बोली बचन, युवा जोश साथै स्वच्छ छबी चुनाव जित्ने अस्त्रका रुपमा हेरिएको छ । युवा नेता पौडेल पार्टी भित्रका प्रभावशाली युवा नेताका साथै भ्रष्टाचार बिरोधी आवाज बुलन्द साथै पौडेललाई पाँच दलीय गठबन्धनले बलियो साथ दिएको छ ।
उनी संगै एमालेका टेस्टेड एमाले नेता इश्वर पोखरेल र एकताका चर्चाको शिखरमा रहेकी रञ्जु दर्शना भिड्दैछन् ।
दिनहुँ जस्तोको चुनावी दौडधुपमा मतदाताले देखाएको यसप्रकारको सद्भाव र समर्थनले पौडेल झनै उत्साही देखिएका छन् । मतदाताको घरदैलोमा पुग्दा युवा समुहको आकर्षण , ज्येष्ठ नागरिकको सद्भाव र उनीहरुले दिने विजयीको शुभकामना र आर्शीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन्। उनी यसकारण पनि उत्साहित देखिएका छन् कि उनलाई पार्टी भित्रकै दिग्गज नेताहरुको ठुलो भरोसा र साथ रहेको छ ।
सोही क्षेत्रमा यसअघि एमालेका इश्वर पोखरेललाई हराएका कांग्रेसका प्रभावशाली नेता नरहरी आचार्य पौडेलको पक्षमा दत्तचित्त भएर भोट माग्न लागि परेका छन् । त्यस्तै सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णीम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन्।
स्वर्णीम र नरहरिको सहयोगले पौडेलको जितलाई सहज बनाउन भूमिका खेल्ने कांग्रेस नेताको बुझाइ छ। गठबन्धनको काँध, पार्टी भित्रको बलियो साथ , जनताको आर्शीवादले पौडेल चुनाव जित्नेमा पुर्ण आत्मबिश्वासी देखिएका छन् । उनले आफु अरु उम्मेद्धार भन्दा फरक रहेको बताए ।
उनले भने– म अरु उम्मेद्धार भन्दा फरक छु । अरुले पटक पटक जनतालाई धोका दिए । तर म भोली चुनाव जितेर पनि जनताकै काखमा रमाउने मान्छे हुँ ।
म आफुले बोलेको कुरालाई पुरा गरेर देखाउँछु । आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं–५ मा दलहरुबाट १५ र स्वतन्त्र १४ गरी २९ जना प्रतिस्पर्धामा छन्।