मतदानको दिन देशभर भयो ३५ राउण्ड हवाई फायर, कहाँ कति ?

admin

काठमाडौँ, ४ मङ्सिर : आइतबार विहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदानको क्रममा देशका विभिन्न ठाउँमा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।


आइतबार देशभर ३५ राउण्ड हवाई फायर भएकाके प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउण्ड हवाई फायर भएको छ ।

हुम्लामा मात्र १८ राउण्ड हवाई फायर भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, सिरहाको मिर्चैयामा ३ राउण्ड, चितवनमा एक राउण्ड, दोलखमा एक राउण्ड, स्याङ्जामा एक राउण्ड हवाई फायर भएको छ ।

बाजुरामा पनि पाँच राउण्ड हवाइ फायर भएको छ । डोटीमा ४ राउण्ड हवाई फायर भएको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया