मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

admin

पोखरा, ५ मंसिर : हिमालपारिको जिल्ला मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।

१ हजार ४८ मत प्राप्त गर्दै गुरुङ विजयी भएका हुन् । उनले एमालेका इन्द्रधारा ड्याडु विष्टलाई पराजित गरे । विष्टले ७ सय ९३ मतमात्रै ल्याए ।

विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया