भक्तपुर २ मा एमालेका महेश बस्नेतको अग्रता

admin

भक्तपुर, ५ मङ्सिर : भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन् ।


यसअघि नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले कायम गरिरहेको अग्रतालाई नेकपा एमालेका महेश बस्नेतले उल्टाएका हुन् ।

पछिल्लो परिणाम अनुसार महेश बस्नेतले ६ हजार ८२६ मत पाएका छन् भने कांग्रेसका दुर्लभ थापाले ६ हजार ४८४ मत पाएका छन् ।

सो मत अनुसार थापाभन्दा बस्नेत ३४२ मतले अघि रहेका छन् । मतगणना जारी नै रहेको छ ।

प्रतिक्रिया