प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

admin

डडेल्धुरा, ६ मङ्सिर : डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।

अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

प्रतिक्रिया