काभ्रे–२ मा हुमागाईंको अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा

admin

काभ्रे, ६ मङ्सिर : काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया