विश्वकपकाे दाबेदार अर्जेन्टिनाकाे साउदीसँग लज्जास्पद हार

admin

काठमाडाैं: विश्वकपकाे दाबेदार मानिएकाे अर्जेन्टिनाले पहिलाे खेल मै कमजाेर मानिएकाे साउदी अरेबियासँग लज्जास्पद हार भाेगेकाे छ।

एक गाेलले पछि परेकाे साउदी अरेबियाले दाेस्राे हाफमा सान्दार कमब्याक गर्दै लियाेनल मेस्सीकाे अर्जेन्टिनालाई २-१ ले हरायाे। अर्जेन्टिनासँगकाे साउदीकाे याे हालसम्म कै पहिलाे जित हाे।

अर्जेन्टिनाले ३२ वर्षपछि विश्वकपकाे पहिलाे खेल हारेकाे हाे। साथै विश्वकपमा एसियाली राष्ट्रसँग उसकाे याे पहिलाे हार पनि हाे। फिफा विश्वकप अन्तर्गत समूह सी को पहिलो खेलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिएको थियाे। कप्तान लिओनेल मेस्सीले अर्जेन्टिनाकाे लागि पेनाल्टी गोल गरेका थिए।

यसपछि दाेस्राे हाफकाे सुरूवात मै साउदीका सलेह अल्सेरीले गाेल गर्दा खेल १-१ काे बराबरीमा पुगेकाे थियाे। यसकाे पाँच मिनेटपछि नै सलिम अल्दुवासरीले अर्काे गाेल थप्दा साउदीले २-१ काे अग्रता बनायाे।

पहिलाे हाफमा जस्तै दाेस्राे हाफमा पनि अर्जेन्टिनाले गाेलका धेरै माैका सदुपयाेग गर्न नसक्दा बराबरी गाेल फर्काउन समेत सकेन। खेलमा अफसाइडका कारण अर्जेन्टिनाले तीन पटक गरेकाे गाेल मान्य भएन।

याे हारसँगै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाकाे अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेकाे छ। हारपछि अर्जेन्टिनाले इटालीको ३७ खेलको अपराजित यात्राको कीर्तिमान बराबर गर्न सकेन।

साथै हारपछि अर्जेन्टिनाकाे नकआउट चरण प्रवेशकाे यात्रा पनि कठिन बनेकाे छ। अर्जेन्टिनाकाे कप्तान लिओनेल मेस्सी अन्तिम पटक विश्वकप खेल्दै छन्। पहिलो पटक विश्वकप जित्ने प्रयासमा रहेका मेस्सीको लागि यो अन्तिम अवसर हो।

प्रतिक्रिया