मकवानपुर २(ख) मा कांग्रेसका बानियाँ विजयी

admin

हेटौंडा, ७ मंसिर : मकवानपुरको निर्वाचन क्षेत्र नम्aर २ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ उक्त निर्वाचन क्षेत्रबाट दोस्रोपटक बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि २०७४ को निर्वाचनमा पनि बानियाँ सोही निर्वाचन क्षेत्रबाट निर्वाचत भएका थिए।

अन्तिम मतपरिणामअनुसार बानियाँ १८७१६ मत पाएर विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई १७८२ मतान्तरले पराजित गरेका हुन्।

एमालेका थापाले १६९३४ मत पाए। बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता थिए।

प्रतिक्रिया