काभ्रे २ मा पहिलोपटक गोकुल बास्कोटाले लिए अग्रता

admin

काभ्रे, ७ मंसिर : काभ्रेको पनौती नगरपालिका वडा नम्बर ३ मा एमालेका उम्मेदवार गोलकुल बास्कोटाले भारी मत पाउनुभएको छ ।

बास्कोटाले पनौती ३ मा कुल खसेको मतमा १४ सय २९ प्राप्त गर्नुभएको हो । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शिव प्रसाद हुमागाईले ५७७ र घण्टीको दिनेश हुमागाईले १७५ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर ३ को भारी मतसँगै यसअघि बनेपा र पनौती नगरपालिकाको वडा नम्बर १ र २ को सबै मतान्तर घटाएर बास्कोटाले २७६ मतको अग्रता लिनुभएको छ ।

पनौती नगरपालिकामा अब वडा नम्बर ११ र १२ नम्बरको मात्रै मत गणना गर्न बाँकी छ । हालसम्म प्रतिनिधि सभा २ भित्र पर्ने बेथानचोक गाउँपालिका, बनेपा पुरै र पनौतीको ३ वटा वडाको मत गणना सकिएको छ ।

जसमा गोकुल बास्कोटाले १७ हजार ५२ र शिव प्रसाद हुमागाईले १६ हजार ७७६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया