काठमाडौं, मंसिर ८ : नेकपा एमालेका उम्मेदवार सूर्य थापा प्युठानबाट निर्वाचित भएका छन्। उनी ४१ हजार ११८ मत पाएर विजयी भएका हुन्।
थापाले राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३५ हजार ८४४ मत पाएकी छन्।