काभ्रे २ मा गोकुल बाँस्कोटा विजयी

admin

काभ्रे, ९ मंसिर : प्रतिनिधिसभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाको जित सुनिश्चित भएको छ । अब गन्न बाँकि मत भन्दा उनले पाएको मतान्तर बढी भएपछि बास्कोटाको जित निश्चित भएको हो ।

हालसम्म गोकुल बास्कोटाले ४३ हजार ६ सय ७१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाईंले ३७ हजार ९ सय ६३ मत पाएका छन् ।

अब ५ हजार ९ मत गन्न बाँकि रहेको र उनीहरु २ जना बिचको मतान्तर र्ने ५ हजार ७ सय ८ भएकोले बास्कोटाको जित निश्चित भएको हो ।

काभ्रे क्षेत्र नम्बर १ मा पनि एमाले कै उम्मेदवारले अग्रता लिईरहेका छन् । हालसम्मको गणनामा एमालेका रेशम लामाले १६९९६ मत पाएका छन् भने गठबन्धनका सूर्यमान दोङले १४५७७ मत पाएका छन् ।

प्रतिक्रिया