काठमाडौँ, ११ मङ्सिर : रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३ सय ६९मतले पराजित गर्दै तामाङ विजयी भएका हुन्।
रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए भने ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गरे।