थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

admin

काठमाडौं, १२ मंसिर : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ। महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घटना स्थलमा आइपुगे जानकारी लिँदैछु।’ तत्काल हटाउने कठिन परेको उनले सुनाए।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अर्न्तगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टा समेत प्रहार भएको छ।

काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। महानगरले अग्रिम सूचना जारी गरी हटाउन लागेको हो। त्यसमा अवरोध गर्न नहुने महानगरको तर्क छ।

प्रतिक्रिया