फिफा विश्वकप फुटबल : आज पनि चार खेल

admin

काठमाडौं, १५ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ। समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो।

समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ।

यस्तै समूह ईमा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति पौने १ मा सुरु हुनेछ । यी चार खेलबाट समूह ई र एफबाट अन्तिम १६ मा पुग्ने २\२ राष्ट्रको टुंगो लाग्नेछ।

प्रतिक्रिया