दोलखाकाे प्रदेश सभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

admin

काठमाडौं, १९ मङ्सिर : दोलखाकाे प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएकाे छ ।

आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित हुनुभएकाे छ।

दोलखाको प्रदेश सभा २ मा भने एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भइसक्नुभएकाे छ । दोलखामा प्रतिनिधि सभातर्फको मतगणना भने अहिले पनि जारी रहेकाे छ ।

प्रतिक्रिया