यस्तो छ आजको मौसम

admin

काठमाडौँ, २१ मङ्सिर : बुधबार बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि मौसम सामान्यतया सफा रहनेछ।

बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियस सम्म पुग्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

प्रतिक्रिया