आज नेपालमा थपिए पाँच कोरोना संक्रमित

admin

काठमाडौं, २३ मंसिर : नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

प्रतिक्रिया