नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

admin

काठमाडौं, २३ मंसिर : नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो ।

रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ ।पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन् । नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ ।

प्रतिक्रिया