काभ्रेमा बस दुर्घटना, २० जना घाइते

admin

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेशस्थानमा बस दुर्घटना भएको छ ।

ढुंखर्कबाट पनौती तर्फ आउँदै गरेको बा ३ ख ४३८५ नम्बरकाे रिजभ बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज नेउपानेका अनुसार दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेहरुको सिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

उद्दारको काम भैरहेकाले घाइतेको संख्या थप घट हुन सक्ने डिएसपी नेउपानेले बताउनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया