कतार विश्वकपमा तीन जना पत्रकारको निधन

admin

काठमाडौँ, २८ मङ्सिर : कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ । यसबारे सोमबार जानकारी दिइएको हो । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो ।

यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ । रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।

प्रस्तोता मार्क पोगाचले भने, ‘कतारबाट यहाँहरुका लागि निकै दुःखको कुरा छ, हाम्रा प्राविधिकि निर्देशक रोजर पियर्सको निधन भएको छ । उनी आफ्नो आठौँ विश्वकपका लागि यहाँ आएका थिए ।

रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए । उनको मुहारमा सधैँ हाँसो हुने गर्दथ्यो जसले तपाईंको अनुहारमा पनि मुस्कान ल्याइदिन्थ्यो ।’उनले पियर्सलाई असाध्यै व्यावसायिक र अत्यधिक चर्चित बताए ।

प्रतिक्रिया