प्रचण्डलाई बधाइ दिन खुमलटार पुगे बाबुराम दम्पती

admin

काठमाडौं, ११ पुस : नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन खुमलटार पुगेका छन्। भट्टराई दम्पती आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका हुन्।

प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ।

क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’

मंसिर ४ को निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेको थियो।

नेपाली कांग्रेसको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले आज अपराह्न ४ बजे शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया