जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

admin

काठमाडौँ, १२ पुस : जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ ।

केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त भएकाे हाे । मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् ।

हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको छ ।

हिमपात अझै केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् । जापानको उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा करिब एक मिटर हिमपात हुँदा सयौं सवारीसाधन पुरिएका छन् ।

हिमपातले गर्दा सयौं उडानहरु अवरुद्ध भएका छन् । यसैबीच जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका वासीन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया