काठमाडौं, १९ पुस :हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ।
हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।