जनकपुरधाम, २० पुस : अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् ।
जाडोका कारण विद्यार्थीहरु बिरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा बिदा दिइएको छ । जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।
जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।