कस्तो रहला आजको मौसम ?

admin

काठमाडौं, २६ पुस : आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँसो हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । दिउँसाे पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तत्काललाई वर्षा हुने सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । यसपालि हिउँद सुरु भएदेखि अहिलेसम्म वर्षा हुन सकेको छैन । पानी पार्ने प्रणाली नआउँदा हिउँदे वर्षा हुन नसकेको र यसले गर्दा हिमपात समेत नभएको मौसमविद्ले बताएका छन् ।

हिउँदयामको डेढ महिना पानी नपरि बितेको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम भनिन्छ । डिसेम्बर महिनाभरि नै पानी परेन भने आज जनवरी १० तारिखसम्ममा आइपुग्दासम्म पनि वर्षा हुन सकेको छैन ।

अबको एक हप्ता पनि पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद् विनु महर्जनको भनाइ छ । पानी नपर्दा हिउँदे बालीमा असर पर्न थालेको छ ।

प्रतिक्रिया