काभ्रे, ६ माघ : धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार श्रेष्ठ ब्याञ्जुले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेलाई आज भेटेर नगरपालिकाका विभिन्न स्थानमा प्रहरी चौकी स्थापनाको लागि अनुरोध गर्नुभएको छ ।
उहाँले सो भेटमा नगरपालिकाका चार ठाउँमा आवश्यक रहेकोले प्रहरी चौकीको माग गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । त्यसमा देवीटार, रविओपी, सङ्खु र बतासेमा प्रहरी चौकी निर्माण र सञ्चालनको लागि अनुरोध गरिएको छ ।
मागअनुसार प्रहरी चौकी निर्माण भएमा स्थानीय निकायले भौतिक पूर्वाधार जुटाउने र राज्यकातर्फबाट दरबन्दीसहित प्रहरी चौकी स्थापना गर्ने सहमति भएको जनाइएको छ ।
सो भेटमा नगरप्रमुखले धुलिखेल नगरपालिकाले गरेका विकास र भावी योजनाका बारेमा गृहमन्त्रीलाई जानकारी गराउनुभयो ।